Shopping cart

  • Home
  • राजनिती
  • संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनैपनि सम्झौता नगर्ने-सभापति थापा
देश

संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनैपनि सम्झौता नगर्ने-सभापति थापा

Email :92

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू नेपाली कांग्रेसका लागि अपरिवर्तनीय रहेको बताए । उनले यी विषयहरू पार्टीको विधान र केन्द्रिय कार्यसमितिको निर्णयबाट समेत प्रष्ट भइसकेको उल्लेख गर्दै यसमा कुनैपनि प्रकारको सम्झौता हुन नसक्ने जिकिर गरे ।

सभापति थापाले लोकतन्त्रलाई परिणाममुखी बनाउन, नागरिकलाई थप अधिकार सम्पन्न तुल्याउन र सुशासन एवं सेवा प्रवाहलाई चुस्त बनाउन संविधानका कतिपय प्रावधान परिमार्जन गर्नुपर्ने धारणा राखे ।

संविधानलाई थप समावेशी र नागरिकमैत्री बनाउनका लागि आवश्यक संशोधन प्रक्रियामा नेपाली कांग्रेसले नै नेतृत्वदायी र अग्रसर भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।

Comments are closed

Related Post