Shopping cart

  • Home
  • समाज
  • शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित
देश

शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित

Email :92

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन् । एजुकेशन कन्सल्टेन्सी सञ्चालकको संस्था इक्यानको २० औँ साधारणसभा सोमबार काठमाडौँमा भएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो ।

 

प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै एन्ड्रयु आफ्ना बहुमत टीमसहित विजयी भएका हुन् । महासचिवमा भूसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् ।

 

उपाध्यक्षमा निर्वाचित बासुदेव दाहाल र गीता शिवाकोटी तथा कोषाध्यक्ष साधना पुडासैनी एन्ड्रयु समूहका हुन् । उपाध्यक्ष जितेका विकल्पराज पोखरेल भुसाल समूहबाट उम्मेदवार थिए ।

अध्यक्षः लक्ष्मण (एन्ड्रयु) पौडेल

उपाध्यक्षहरूः बासुदेब दाहाल, विकल्पराज पोखरेल, गीता शिवाकोटी

महासचिवः भवनाथ हुमागाई

सचिवहरूः सुरज सिलवाल, आशिक कार्की,

कोषाध्यक्षः साधना पुडासैनी

सहकोषाध्यक्षः गोविन्द खनाल

सदस्यहरूः अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिव प्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना

Comments are closed

Related Post