Shopping cart

  • Home
  • समाज
  • शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
देश

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

Email :73

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अरु मन्त्रीहरूले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला पुनले पनि राजीनामा दिएका हुन् ।

पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बन्न राजीनामा दिएको बताईन्छ ।

अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले सोमबार राजीनामा दिएको जानकारी दिएका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।

 

त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

 

Comments are closed

Related Post