Shopping cart

  • Home
  • समाज
  • वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने
देश

वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

Email :25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो।

रास्वपाको भोलि केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।

Comments are closed

Related Post