काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरुवात गरेका हुन्।
यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो। विभागमा सीमित जनशक्ति र स्रोत-साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौँमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो। अनलाइन प्रणालीको सुरुवातसँगै अब पीडितहरूले काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा भौँतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताए।














Comments are closed