Shopping cart

  • Home
  • समाज
  • वीरगंजमा दिउँसो १ बजेसम्म कर्फ्यु
देश

वीरगंजमा दिउँसो १ बजेसम्म कर्फ्यु

Email :52

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा आज बिहान ८ बजेदेखि पुनः कर्फ्यु थपेको छ ।

सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म जारी भएको कर्फ्यु आदेशमा थपेर दिउँसो १ बजेसम्मलाई जारी गरिएको हो । वीरगंज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

 

वीरगंज महानगर क्षेत्रमा दुई समुदायबीच हुनसक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन् ।

 

धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।

Comments are closed

Related Post