Shopping cart

अन्तर्राष्ट्रिय

विश्व माटो दिवस मनाइँदै

Email :70

काठमाडौं । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ यसवर्ष पनि विश्व माटो दिवस २०२५ मनाइँदै छ । माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी माटो दिवस मनाइन लागिएको हो ।

एफएओको सिफारिशमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि माटो दिवस मनाउन सुरु गरिएको हो ।

Comments are closed

Related Post