Shopping cart

  • Home
  • समाज
  • विशेष महाधिवेशन घोषणा गर्ने गगन-विश्वको तयारी
देश

विशेष महाधिवेशन घोषणा गर्ने गगन-विश्वको तयारी

Email :65

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् ।

केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले सम्भवतः आज केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन् ।

 

महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताएका थिए । आज बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकपछि यो घोषणा हुनसक्ने सिवाकोटीको भनाइ छ । पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागिएको हो ।

 

कार्यसम्पादन समितिले भने आगामी बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरी विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म गरिएको छ ।

Comments are closed

Related Post