Shopping cart

  • Home
  • समाज
  • विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला, साउन ८ सम्म दरखास्त दिन सकिने
देश

विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला, साउन ८ सम्म दरखास्त दिन सकिने

Email :78

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्धारित योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो। सूचनाअनुसार इच्छुक व्यक्तिले साउन ८ गतेभित्र दरखास्त पेश गर्नुपर्नेछ।

अध्यक्ष पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव, आवेदन फाराम तथा दरखास्तसँग संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न इच्छुक उम्मेदवारलाई अनुरोध गरेको छ।

Advertisement-Board-Nepal-Vacancy-768x319.jpeg

Comments are closed

Related Post