लुम्बिनी । गौतम बुद्ध को जन्मजयन्तीका अवसरमा लुम्बिनी मा विश्वभरका भक्तजन, भिक्षु, विद्वान तथा विकासकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शान्ति र आध्यात्मिकताको केन्द्र मानिने लुम्बिनी यस अवसरमा पुनः एकपटक विश्व समुदायको साझा भेटस्थल बनेको छ।
यस अन्तर्राष्ट्रिय समागममा भारतको ओडिशा राज्यस्थित ऐतिहासिक पुष्पगिरि क्षेत्रबाट आएको विशेष प्रतिनिधिमण्डलले पनि सक्रिय सहभागिता जनाएको थियो । प्राचीन बौद्ध शिक्षाको महत्वपूर्ण केन्द्र मानिने पुष्पगिरिको प्रतिनिधित्व गर्ने उक्त टोलीमा सञ्चारकर्मी, विकास विज्ञ, सञ्चार परामर्शदाता तथा स्थानीय समुदायका प्रतिनिधिहरू समावेश थिए ।
टोलीमा विकास परामर्शदाता तथा Indian National Trust for Art and Cultural Heritage का आजीवन सदस्य विपिन मोहन्ती सहितो टोलि लुम्विनी पुगेको थियो । उनले यस यात्रालाई अभिलेखीकरण गर्दै बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताईन्छ ।

यस भ्रमणको मुख्य उद्देश्य लुम्बिनीलाई ओडिशाका प्रसिद्ध बौद्ध सम्पदा स्थलहरू-ललितगिरि, रत्नगिरि, उदयगिरि र लाङ्गुडीसँग पुनः जोड्ने रहेको छ। यी स्थलहरू प्राचीन कालमा विशाल विश्वविद्यालयीय संरचनाका रूपमा विकसित भई भारत र दक्षिण–पूर्व एशियाबीच व्यापार तथा सांस्कृतिक आदान–प्रदानको महत्वपूर्ण सेतुका रूपमा परिचित थिए। ओडिशादेखि लुम्बिनीसम्म बौद्ध सम्पदाले जोड्दै शान्ति, संस्कृति र ज्ञानको संगम बनाउने अभियानको उदेश्य रहेको मोहन्ती बताउँछन् ।
बुध्द जयन्तिको दिन लुम्बिनीमा प्रार्थना, सांस्कृतिक प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रहरूसँग निरन्तर टोलिको सधिmयता रहयो । यस क्रममा प्रतिनिधिमण्डलले भिक्षु, विद्वान तथा विभिन्न देशबाट आएका सहभागीहरूसँग संवाद गर्दै बौद्ध परम्परा, दर्शन र जीवनशैलीबारे अनुभव आदान–प्रदान गरेका थिए ।
टोली बोधगया, नालन्दा र सारनाथ हुँदै लुम्बिनी आइपुगेको बताईएइको छ । उनीहरूले लुम्बिनी र पुष्पगिरिबीच सांस्कृतिक तथा ज्ञान–आदानप्रदानलाई थप सुदृढ बनाउँदै सम्पदा पर्यटन, अनुसन्धान सहकार्य तथा क्षेत्रीय विकासलाई गति दिनुपर्नेमा जोड दिएका छन्।
उक्त प्रतिनिधिमण्डल काठमाडौं हुँदै नेपालका अन्य बौद्ध सम्पदा स्थलहरूको अध्ययन तथा अवलोकन गर्दै पून भारत फर्किएको छ ।
यो भ्रमणले अन्तरदेशीय सांस्कृतिक सहकार्यको बढ्दो महत्वलाई उजागर गर्दै लुम्बिनीलाई विश्व शान्ति, ज्ञान र आध्यात्मिक आदान–प्रदानको केन्द्रका रूपमा अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
लुम्विनीमा नेपालको तर्फबाट पत्रकार लक्ष्मण गुरुङ ,लेखनाथ सिकारु लगायत पत्रकारहरुको टोलिले भारतबाट आएका पत्रकार लेखक र अध्येताहरुको टोलिलाई स्वागत गरेको थियो ।














Comments are closed