Shopping cart

  • Home
  • राजनिती
  • लमजुङको सुन्दरबजार नगरपालिकामै रास्वपा उमेदवार केसी कमजोर, तामाङ बलियो बन्दै
देश

लमजुङको सुन्दरबजार नगरपालिकामै रास्वपा उमेदवार केसी कमजोर, तामाङ बलियो बन्दै

Email :32

लमजुङ । आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसैबीच गरिएको एक स्वतन्त्र सर्वेक्षणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्म केसी आफ्नै पालिका सुन्दरबजार नगरपालिकामै अपेक्षाकृत कमजोर देखिएका छन्।

जिल्लाका ८ वटा स्थानीय तह मध्ये दोस्रो ठूलो मतदाता संख्या रहेको सुन्दरबजार नगरपालिकामा यसपटक मतदाताको झुकाव फरक ढंगले देखिएको सर्वेक्षणले संकेत गरेको छ। विशेषगरी नेकपाका युवा उम्मेदवार हरिजङ तामाङ मतदाताको रोजाइमा अघि देखिएका छन्। घरदैलो अभियानका क्रममा तामाङले युवा, जनजाति तथा परिवर्तन चाहने मतदाताबाट उल्लेख्य समर्थन पाएको स्थानीय स्रोतको दाबी छ।

यसअघि एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरूङ ले कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्दै जित हासिल गरेका थिए। तर यसपटक भने उनीअघिको जस्तो एकल समर्थन नदेखिएको र केही मत अन्य दलतर्फ सर्ने संकेत देखिएको बताइएको छ।

लमजुङमा नेकपा, नेपाली कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा रहेको छ। रास्वपाका धर्म केसीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई प्रस्तुत गरे पनि आफ्नै आधार क्षेत्रमा अपेक्षित उत्साह देखिन नसकेको सर्वेक्षण निष्कर्षले देखाएको छ।

चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट, सभा–समारोह र सामाजिक सञ्जालमार्फत समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्। सुन्दरबजारको मतपरिणामले समग्र लमजुङको चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।

Comments are closed

Related Post