Shopping cart

  • Home
  • समाज
  • लमजुङको नेकपाका युवा उम्मेदवार हरिजङ तामाङलाई जिल्लाभरका तामाङले मत दिने
खेलकुद

लमजुङको नेकपाका युवा उम्मेदवार हरिजङ तामाङलाई जिल्लाभरका तामाङले मत दिने

Email :51

लमजुङ । लमजुङमा नेकपाका युवा उम्मेदवार हरिजङ तामाङलाई जिल्लाभरका तामाङ समुदायले मत दिने बताएका छन्। जिल्लामा करिब १९ हजार तामाङ मतदाता रहेको अनुमान गरिँदै आएको छ। सो समुदायको संगठित समर्थनले निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल तामाङ घेदुङ संघका उपाध्यक्षसमेत रहेका उम्मेदवार तामाङ लामो समयदेखि समुदायको हक, हित र अधिकारका पक्षमा सक्रिय रहँदै आएका छन्। उनले आदिवासी जनजातिको अधिकार विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। शैक्षिक योग्यता र सामाजिक सक्रियताका कारण उनी तामाङ समुदायभित्र लोकप्रिय बन्दै गएको बताइन्छ।

नेपाल तामाङ घेदुङ संघका जिल्ला अध्यक्ष होमराज तामाङले उम्मेदवार हरिजङ तामाङ समुदायको साझा आवाज भएको उल्लेख गर्दै जिल्लाभरका तामाङ मतदाताले उनलाई समर्थन गर्ने विश्वास व्यक्त गरे। “उहाँले निरन्तर रूपमा तामाङ समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारका सवालमा आवाज उठाउँदै आउनुभएको छ,” अध्यक्ष तामाङले भने, “त्यसैले यसपटक समुदाय एकढिक्का भएर मत दिनेछ।”
उनका अनुसार तामाङ समुदायले प्रतिनिधित्व र पहिचानको मुद्दालाई प्राथमिकतामा राख्दै आएको छ। स्थानीय तहदेखि संघीय तहसम्म आफ्नो उपस्थिति बलियो बनाउन आवश्यक रहेको भन्दै उनले युवा नेतृत्वलाई अघि सार्नु समयको माग भएको बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार लमजुङमा तामाङ समुदायको मत निर्णायक हुन सक्छ। यस्तो अवस्थामा समुदायको संगठित समर्थनले हरिजङ तामाङको उम्मेदवारीलाई थप मजबुत बनाउने आकलन गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ।

एउटामात्र निर्वाचन क्षेत्र रहेकाे लमजुङमा नेकपाबाट तामाङ , एमालेबाट पुर्व मन्त्री पृथ्वीसुब्बा गुरूङ, नेपाली कांग्रेसबाट गम प्रसाद गुरूङ र रास्वपाबाट धर्म केसी प्रमुख प्रतिस्पर्धामा रहेका छन् ।

Comments are closed

Related Post