Shopping cart

  • Home
  • राजनिती
  • रोल्पामा वर्षमान पुन भारी मतान्तरले विजयी
देश

रोल्पामा वर्षमान पुन भारी मतान्तरले विजयी

Email :81

रोल्पा । नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मानिने रोल्पामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले फेरि पनि पुरानै राजनीतिक विरासतलाई निरन्तरता दिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदलवार वर्षमान पुन अनन्त भारी मतान्तरसहित विजयी हुनुभएको हाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार जिल्लामा कुल ६८ हजार ७१६ मत गणना गरिएको थियो। त्यसमध्ये ६५ हजार ६३२ मत सदर भएका छन् भने ३ हजार १४४ मत बदर छ ।

मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार निर्वाचित  पुन २७ हजार ४६० मत प्राप्त गर्दै विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुदनकुमार वलीले १८ हजार ८ मत प्राप्त गर्नुभयो। यसरी पुन ९ हजार ४५२ मतान्तरले विजयी हुनुभएको हो।

विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यो जित आफ्नो मात्र नभई सम्पूर्ण रोल्पाली जनताको भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रोल्पाले सधैँ परिवर्तनको पक्षमा उभिँदै आएको छ। यो नतिजा त्यसैको निरन्तरता हो। जनताले दिएको विश्वासलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने प्रयास गर्नेछु।”

पुनका अनुसार आगामी पाँच वर्षमा रोल्पाको भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखिनेछ। कृषि, पर्यटन र साना उद्योगको विकासमार्फत जिल्लाको आर्थिक रूपान्तरण गर्ने योजना पनि उहाँले व्यक्त गर्नुभयो।

Comments are closed

Related Post