Shopping cart

  • Home
  • समाज
  • रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाको भिडियो सामाजिक सञ्जालमा भाइरल
देश

रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाको भिडियो सामाजिक सञ्जालमा भाइरल

Email :106

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ सुर्पालमा रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाहरूको १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको छ ।

दुई दिनमा २ करोड २० लाखभन्दा बढी भ्युज पाएको उक्त भिडियो स्थानीय लोकेन्द्र पुनले टंक सुपारी स्मृति प्रतीक्षालयबाट खिचेका हुन् । भिडियोमा देखिने बालिकाहरू स्थानीय एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्। उनीहरूमध्ये दुई जना एकै घरका र एक जना छिमेकी हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालिकाहरूलाई ‘क्युट’ भन्दै बाल्यकालको याद आएको टिप्पणी गरेका छन् ।

Comments are closed

Related Post