Shopping cart

  • Home
  • राजनिती
  • रुकुमपूर्वको विकासका लागि एक मात्र विकल्प ‘प्रचण्ड’
देश

रुकुमपूर्वको विकासका लागि एक मात्र विकल्प ‘प्रचण्ड’

Email :55

रुकुमपुर्व । रुकुमपूर्वको समग्र विकास, अधुरा पूर्वाधार योजनाको पूर्णता, जनयुद्धकालीन मुद्दाको निष्कर्ष र जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने स्पष्ट कार्ययोजना पाँचकुने तारा चिन्हका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र रहेकाे मतदाताहरुकाे भनाइ छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक तथा पूर्वप्रधामन्त्रीसमेत रहनु भएका ‘प्रचण्ड’ रुकुमपूर्वबाट चुनावी मैदानमा उत्रिएपछि मतदातामा आशाकाे दियाे बल्न सुरु भएकाे हाे।

उहाँले रुकुमपूर्वमा विशेष आर्थिक तथा पूर्वाधार प्याकेजदेखि लिएर कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यसम्मको समेटिएको प्रतिबद्धताले रुकुमपूर्वका लागि एक मात्र विकल्प प्रचण्ड नै भएको सन्देश दिनुभएकाे छ।

‘प्रचण्ड’ले रुकुमपूर्वलाई विकासको नयाँ उचाइमा पुर्‍याउने स्पष्ट खाका सार्वजनिक गर्नुभएकाे छ। विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको जिल्लालाई विशेष आर्थिक तथा पूर्वाधार प्याकेजमार्फत अग्रणी बनाउने उहाँको प्रमुख प्रतिबद्धता छ ।

जनयुद्धकालमा चुनवाङ बैठकबाट देशले शान्तिको मार्ग पहिल्याएजस्तै अब रुकुमपूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने उहाँकाे भनाइ छ। त्यसका लागि उहाँले मध्यपहाडी लोकमार्गको पूर्णता, सहिदमार्ग (थवाङ–महत–काँक्री–तक–हुकाम–मैकोट–दुले हुँदै शहरतारा–डोल्पा) निर्माण सम्पन्न गर्ने, टेन्डर भइसकेका मोटरेबल तथा झुलुङ्गे पुलहरू निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

सानीभेरी, उत्तरगङ्गा, ढोरपाटन करिडोर, दुईखोली–चुनवाङ–रुकुमकोट–सिस्ने–डोल्पा सडक सञ्जाललाई पूर्णता दिने, तीनवटै पालिका केन्द्र र वडालाई पक्की सडकमार्फत जोड्ने योजना पनि उनको घोषणापत्रमा समेटनुभएकाे छ।

स्थानीय नदिनालाबाट लघु तथा मेघा जलविद्युत् उत्पादन, प्रत्येक वडामा केन्द्रीय प्रसारण लाइन विस्तार, ग्रिड स्थापना, सिँचाइ पूर्वाधार विस्तार तथा आधुनिक व्यावसायिक कृषि प्रणाली लागू गर्ने लक्ष्य उहाँकाे छ।

पुथा–सिस्ने हिमशृङ्खला, ढोरपाटन सिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्थलको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा र बहुमूल्य जडीबुटीको उत्पादन–प्रशोधन केन्द्र स्थापना गरी बजार सुनिश्चित गर्ने योजना पनि अघि सार्नुभएकाे छ।

स्वास्थ्यतर्फ जिल्ला अस्पतालमा २४सै घण्टा विशेषज्ञ सेवा, आवश्यक उपकरण र प्रभावकारी उपचार सुनिश्चित गर्ने तथा शिक्षामा विद्यालय केन्द्रिकरण, विषयगत शिक्षक व्यवस्था र गुणस्तर अभिवृद्धिको नीति लागू गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।

जनयुद्धको उद्गमथलोसमेत रहेको रुकुमपूर्वलाई प्रचण्डले  आफ्नो राजनीतिक पुनर्जन्मको थलो भएकाे बताउँदै आउनुभएकाे छ। विस्तृत शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ताको हैसियतले सहिद, बेपत्ता तथा घाइते परिवारका मुद्दालाई निष्कर्षमा पुर्‍याउने र द्वन्द्वकालीन सवालको राजनीतिक–कानुनी निरूपणमार्फत दिगो शान्ति सुनिश्चित गर्ने उहाँको अडान छ ।

लुम्बिनी प्रदेशले अर्गानिक जिल्ला घोषणा गरेको रुकुमपूर्वमा प्रमाणीकरण र बजार सुनिश्चित गरी ‘प्रिमियम ब्राण्ड’का रूपमा उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने, टिम्मुर, स्याउ, सुन्तला, कागती, अन्नबाली र अर्गानिक तरकारीको ब्राण्डिङ गर्ने योजना अघि सार्नुभएकाे छ। मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने, फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने लक्ष्य पनि उहाँको घोषणापत्रमा समावेश छ ।

सहिदकाे रगतले लेखिएको संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अडानसहित दाहालले रुकुमपूर्वलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

फागुन २१ गते हुने निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि समग्र विकासको स्प

Comments are closed

Related Post