Shopping cart

  • Home
  • राजनिती
  • रुकुमपश्चिममा नेकपाका गोपाल शर्मा विजयी
देश

रुकुमपश्चिममा नेकपाका गोपाल शर्मा विजयी

Email :152

रुकुमपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा विजयी भएका छन्। उनले कुल २१ हजार ६०९ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु के.सी.ले १६ हजार ६६१ मत प्राप्त गरेका छन्। यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

यसैगरी अन्य उम्मेदवारहरूको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४ हजार ७६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का नन्दराम देवकोटाले १ हजार ८६९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चन्द्र बहादुर बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खडकाले २२८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका नरेन्द्र के.सी.ले ८४, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शेरबहादुर के.सी.ले ५४, आम जनता पार्टीकी प्रेमा दमाई नेपालीले ४५ तथा नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले १५ मत प्राप्त गरेका छन्।

यस निर्वाचन परिणामसँगै रुकुम पश्चिममा लामो समयदेखि प्रभावशाली मानिएका नेता जनार्दन शर्मा यसपटक तेस्रो स्थानमा खुम्चिन पुगेका छन्।

Comments are closed

Related Post