काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले राहदानी बनाउन हुने ढिलाइ र झन्झटले सर्वसाधारणलाई आर्थिक तथा मानसिक सास्ती भइरहेको भन्दै सेवा प्रणाली सुधार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभामा बोल्दै रानाले राहदानी प्रक्रियाकै कारण कतिपय नागरिकले विदेश जाने हवाई टिकटसमेत गुमाउनुपरेको बताइन्। विशेषगरी आर्थिक रूपमा कमजोर नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले राहदानी सेवा छिटो, सरल र व्यवस्थित बनाउन माग गरिन्।
ई-पासपोर्ट प्रणाली लागू भइसके पनि व्यवहारिक समस्या कायमै रहेको उल्लेख गर्दै रानाले आधुनिक प्रविधिको प्रयोग बढाएर नागरिकलाई समयमै राहदानी उपलब्ध गराउनुपर्ने बताइन्।
उनले राहदानीजस्तो अत्यावश्यक सेवामा अनावश्यक लाइन, ढिलाइ र झन्झट हटाउँदै नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।














Comments are closed