काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन सकिएलगत्तै मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो । रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको हो । पार्टी नेतृत्वले तल्लो तहबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको महìवपूर्ण आधारका रूपमा व्याख्या गर्दै सङ्गठन निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको जनाएको छ ।
रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ ।














Comments are closed