Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा पाँचथरमा सर्वसम्मत नेतृत्व चयन,प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित
देश

रास्वपा पाँचथरमा सर्वसम्मत नेतृत्व चयन,प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित

Email :88

पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

आइतबारसम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान तथा प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित भएका छन्।

यसैगरी, ३२ वटा विभाग गठन भएको नवनिर्वाचित सहसचिव कविहाङ सेलिङले जानकारी दिए ।

Comments are closed

Related Post