काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको रास्वपाले जनाएको छ।
बैठकले पार्टी विधानको व्यवस्था अनुसार सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने गरी पार्टी सचिवालय पनि गठन गरेको छ।
यस्तै, सरकारमा सहभागी मन्त्रीहरूसँग महिनामा कम्तीमा एक पटक प्रत्यक्ष संवाद गर्ने, आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने र नागरिक सहजीकरण संयन्त्रलाई थप प्रभावकारी बनाउने निर्णय भएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति















