Shopping cart

  • Home
  • समाज
  • रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने
देश

रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने

Email :29

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने भएको छ ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला र निर्वाचन क्षेत्रसहितको जिम्मेवारीको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट रास्वपाले पारित गर्देछ ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त रास्वपाले प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्रमा जित हात पारेको थियो भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको थियो ।

Comments are closed

Related Post