Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा भित्रँदै
देश

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा भित्रँदै

Email :68

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरूनेपाली कम्युनिष्ट पार्टीम समाहित हुने भएका छन् ।

 

सायमीसहित काठमाडौंको ठुलो पङ्क्ति भोलि पार्टीमा भित्र्याउने तयारी भएका हुन् । उनीहरुलाई भोलि पार्टीमा भित्र्याउन भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । काठमाडौंको गुठी आन्दोलनबाट उदाएका सायमीसहित नेवाःअभियान्ताहरू र सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्षसहित नेताहरू भोलि पार्टीमा प्रवेश गर्ने छन् ।

सायमी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमी चुनावको केही समयअघि नेकपामा औपचारिक रूपमा आबद्ध हुन लागेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए, जहाँ उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। सो निर्वाचनपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहँदै वैकल्पिक र स्वतन्त्र राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटेका थिए।

यसैगरी, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमीले प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। उक्त चुनावमा उनले ६ हजार १७९ मत पाएका थिए। ५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन्।

 

सायमी सहित नेकपामा भित्रिनेहरूलाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले स्वागत गर्नेछन् । उपत्यकामा वैकल्पिक वाम राजनीति थप सशक्त बन्दै गएको संकेत गरेको छ।

 

त्यसैगरी, उपत्यकामा गैरन्यायिक सडक विस्तारबाट पीडित समूह, सहकारी पीडित सङ्गठनहरू नेपाली कम्युनिष्ट पार्टीमै एकीकृत हुने भएका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, पछिल्ला घटनाक्रमले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ। विशेषगरी संघीयता, पहिचान, सुशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै नेकपातर्फ बढ्दो आकर्षणले आगामी दिनमा उपत्यका र राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।।

Comments are closed

Related Post