Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहिदमार्ग मेरो प्रस्तावबाट बनेको: प्रचण्ड
अर्थ

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहिदमार्ग मेरो प्रस्तावबाट बनेको: प्रचण्ड

Email :72

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहिदमार्ग आफ्नो प्रस्तावमा बनेको बताउनुभएको छ। सोमबार रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२, कोलमा आयोजित जनभेटघाटमा उहाँले यस्तो जानकारी दिनुभयो।

पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने शहिदमार्गको योजना आफू प्रधानमन्त्री हुँदा सुरु गरेको प्रचण्डले बताउनुभयो। यी दुई सडकले रुकुमपूर्वलाई छोएकोले यहाँको जनजीवनमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो। साथै, यी दुई सडकलाई सुधार्ने आफ्नो मुख्य योजना रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। शहिदमार्गलाई डोल्पासँग जोडेर चीनसँग जोड्ने योजना रहेको प्रचण्डले जानकारी दिनुभयो।

यी सडकले हाल धेरै पहाडी जिल्लाको मेरुदण्डको रुपमा विकास भइसकेको उहाँले उल्लेख गर्नुभयो। यसैगरी, ‘व्यवस्था क्रान्तिको किल्ला’ मानिने जिल्लामा अब अवस्था परिवर्तन गर्ने क्रान्ति गर्ने प्रतिवद्धता प्रचण्डले जनाउनुभयो। जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेका कारण गणतन्त्र व्यवस्था आएकोले अब समाजवाद क्रान्ति कार्यान्वयनमा सहयोग गर्नु जनता सबैसँग उहाँले आग्रह गर्नुभयो।

जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेको स्मरण गराउँदै आफू हाल यस जिल्लाको नयाँ प्रतिनिधि नभएको पनि प्रचण्डले स्पष्ट पार्नुभयो। त्यसैले हालको भेटघाटका क्रममा आएका योजनालाई गम्भीर रूपमा लिएको र बाचा पूरा गर्ने प्रतिबद्धता उहाँले दोहोर्‍याउनुभयो।

सोमबार प्रचण्डले पुथाउत्तरगङ्गाका विभिन्न वडाका गाउँमा जनभेटघाट गर्नु भएको छ। आजै सिस्ने गाउँपालिका–२, नायगाडमा बस्न आउनुभएको छ भने मङ्गलबार नायगाडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Comments are closed

Related Post