Shopping cart

  • Home
  • समाज
  • राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू
देश

राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू

Email :51

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयले साउन ६ गते पेस गरेको प्रस्ताव अनुमोदन गरेपछि सम्बन्धित निकायमा लागू गर्न पठाइएको हो।

नयाँ तलब संरचनाअनुसार अब राष्ट्रसेवक कर्मचारीको मासिक न्यूनतम तलब २८ हजार ९ सय ८४ रुपैयाँ र अधिकतम ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ।

स्वीकृत तलबमानमा सबैभन्दा उच्च पारिश्रमिक मुख्यसचिवले पाउनेछन्। उनको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ। यही दर नेपाली सेनाका प्रधानसेनापतिको तलबमा पनि लागू हुनेछ।

त्यस्तै, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ। सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ।

सरकारले यसअघि नै साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो। त्यससँगै १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

यस्तै, निवृत्त कर्मचारी (पेन्सनधारी) का लागि समेत १० प्रतिशतले पेन्सन वृद्धि गर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ। नयाँ तलबमान लागू भएसँगै राष्ट्रसेवक कर्मचारी र पेन्सनधारी दुवैले बढेको सुविधाको लाभ पाउने भएका छन्।

Comments are closed

Related Post