Email :63
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रतिनिधि सभाको गतिविधि तथा संसदीय कामकारबाहीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा संसद्सँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो।
हाल विकसित राजनीतिक घटनाक्रमका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गरेका थिए।













Comments are closed