Shopping cart

  • Home
  • राजनिती
  • राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची
देश

राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची

Email :81

काठमाडौँ, चैत २ गते । राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस,नेपाल कम्युनिस्ट पार्टी (एमाले) ,नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यको सूचि बुझाएका हुन् । रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ महिला र नौ जना पुरुष गरी ५७ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

यसै गरी कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार/चार उम्मेदवारको सूची क्लस्टर मिलाएर आइतबार पेस गरेको थियो । क्लस्टर अनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । दलहरूले क्लस्टर अनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रटि नभए सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने प्रवक्ता जिसीले बताउनुभयो । दलहरूले क्लस्टर अनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने छ ।

Comments are closed

Related Post