Shopping cart

  • Home
  • समाज
  • रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
अर्थ

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

Email :57

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा छोड्न भनेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग(पत्र दायर गरिएको थियो ।

 

अदालतको उक्त आदेशसँगै लामिछाने २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा हुने भएका हुन्।

Comments are closed

Related Post