Shopping cart

  • Home
  • राजनिती
  • रवि लामिछानेको अभियोग संसोधन मुद्दा ‘हेर्दाहेर्दै’ मा
देश

रवि लामिछानेको अभियोग संसोधन मुद्दा ‘हेर्दाहेर्दै’ मा

Email :23

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको भए पनि निर्णय नभई ‘हेर्दाहेर्दै’मा राखिएको छ। अदालतले यस मुद्दामा मंगलबार पुनः सुनुवाइ गर्ने भएको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँग जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।

पुस ३० गते जारी गरिएको सात पृष्ठको ‘टिप्पणी र आदेश’मार्फत लामिछानेविरुद्ध सहकारी ठगीको अभियोग मात्रै कायम राख्दै अन्य दुई गम्भीर अभियोग हटाउन निर्देशन दिइएको थियो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल तथा  युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदकहरूले महान्यायाधिवक्ताको उक्त निर्णय कानुनविपरीत भएको दाबी गर्दै अभियोग संशोधनको निर्णय कार्यान्वयन रोक्न माग गरेका छन्।

Comments are closed

Related Post