Shopping cart

  • Home
  • समाज
  • रवि-बालेनको हस्ताक्षर भन्दै सार्वजनिक पत्र नक्कली- ‘सत्य तथ्यको पक्षमा उभिनु सबैको साझा दायित्व हो’ : रास्वपा
देश

रवि-बालेनको हस्ताक्षर भन्दै सार्वजनिक पत्र नक्कली- ‘सत्य तथ्यको पक्षमा उभिनु सबैको साझा दायित्व हो’ : रास्वपा

Email :54

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको भनिएको पत्र पूर्णतः नक्कली भएको जनाएको छ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उक्त पत्र सार्वजनिक भएपछि रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो।

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा दुई जिम्मेवार व्यक्तिको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा अनर्गल र आधारहीन प्रचार गरिएको भन्दै आपत्ति जनाइएको छ। विज्ञप्तिमा सार्वजनिक गरिएको पत्र किर्ते, कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारिएको छ।

रास्वपाले आगामी फागुन २१ गते हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको दाबी गरेको छ।

पार्टीले सञ्चारमाध्यम र पत्रकारहरूलाई यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा असर पर्ने सामग्रीलाई स्थान नदिन पनि अनुरोध गरिएको छ।

विज्ञप्तिमा आमसर्वसाधारणलाई समेत निर्वाचनको मुखमा फैलाइएका फेक न्युज र भ्रामक प्रचारको पछि नलाग्न सचेत गराइएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

 

Comments are closed

Related Post