Shopping cart

  • Home
  • स्वास्थ्य
  • रक्तदान जीवनदान:चाबहिलमा साप्ताहिक रक्तदान कार्यक्रम
देश

रक्तदान जीवनदान:चाबहिलमा साप्ताहिक रक्तदान कार्यक्रम

Email :74

काठमाडौं । “रक्तदान जीवनदान” भन्ने सन्देशसहित काठमाडौंको चाबहिलमा आज साप्ताहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ओम चाबहिल डेन्टल हस्पिटल प्रालि, शाखा चाबहिलको आयोजनामा भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पशुपति फ्रेन्ड्स ग्रुप सह–आयोजक तथा नेपाल रेडक्रस सोसाइटी प्राविधिक सहयोगी संस्थाका रूपमा सहभागी थिए। कार्यक्रममा सानो प्रयास नेपालको समेत सहयोग रहेको थियो।

हरेक आइतबार सञ्चालन हुने यस अभियानअन्तर्गत आज पनि स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्। आयोजकका अनुसार नियमित रक्तदानमार्फत अस्पतालमा उपचाररत तथा आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको हो।

एक पिन्ट रगतले तीन जनाको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्य मानिन्छ। आफ्नो केही समय र केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकिन्छ भन्ने भावनासहित सञ्चालित यस अभियानले समाजमा रक्तदानप्रतिको चेतना र मानवीय सेवाको भावना बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रक्तदान गरौँ, जीवन बचाऔँ(रक्तदान नै जीवनदान हो। उक्त रगत भोटेकोहीका बाढीपिडीतहरुको लागि संकलन गरीएको घाइतेकोे लागि संकलन गरीएको ओम चाबहिल डेन्टल हस्पिटल प्रालिले जनाएके छ ।

Comments are closed

Related Post