Shopping cart

  • Home
  • राजनिती
  • यी ३६ दलले समानुपातिकमा १० हजार मत कटाउन सकेनन्
देश

यी ३६ दलले समानुपातिकमा १० हजार मत कटाउन सकेनन्

Email :66

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ३० वटा दल १० हजार मत कटाउन असफल भएका छन्।

निर्वाचन आयोगका अनुसार ती ३६ मध्ये २७ वटा दल पाँच हजारभन्दा कम मतमा सीमित भएका छन् । त्यसमध्ये पनि चार वटा दल एक हजार मतभन्दा कममा सीमित छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ देशभर एक करोड ७ लाख ८५ हजार ८७६ सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ५७ हजार १३० मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ।

यी हुन् १० हजार मत पनि कटाउन नसक्ने ३६ दल

१. संयुक्त नागरिक पार्टी ९,०९२ मत

२. स्वाभिमान पार्टी ८,१३३ मत

३. राष्ट्रिय जनमुक्ति पार्टी ७,२०८ मत

४. नेपाल जनता पार्टी ७,१५५ मत

५. राष्ट्रिय एकता दल ७,०५७ मत

६. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ६,१६३ मत

७. राष्ट्रिय गौरव पार्टी ५,२४३ मत

८. नेशनल रिपब्लिक नेपाल ५,१५८ मत

९. नेपालका लागि नेपाली पार्टी ५,०१० मत

१० नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ४,८२७ मत

११. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,६७१ मत

१२. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ४,५०९ मत

१३. गतिशील लोकतान्त्रिक पार्टी ४,४६३ मत

१४. राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४,३१४ मत

१५. समावेशी समाजवादी पार्टी नेपाल ४,२७० मत

१६. नेपाल लोकतान्त्रिक पार्टी ४,१०६ मत

१७. नेपाल मातृभूमि पार्टी ३,२२४ मत

१८. जय मातृभूमि पार्टी २,९७५ मत

१९. राष्ट्रिय जनता पार्टी नेपाल २,९२८ मत

२०. बहुजन शक्ति पार्टी २,७५३ मत

२१. प्रजातान्त्रिक पार्टी नेपाल २,२३९ मत

२२. नेपाल जनमुक्ति पार्टी २,१६७ मत

२३. जन अधिकार पार्टी २,१०८ मत

२४. नेपाल सद्‍भावना पार्टी २,०१५ मत

२५. पिपुल फर्ष्ट पार्टी १,७९८ मत

२६. नेपाली कांग्रेस (वीपी) १,७८४ मत

२७. नागरिक शक्ति, नेपाल १,७२७ मत

२८. नेपाली जनश्रमदान संस्कृति पार्टी १,६३७ मत

२९. नेपाली जनता दल १,४५१ मत

३०. समावेशी समाजवादी पार्टी १,३९२ मत

३१. जनता लोकतान्त्रिक पार्टी नेपाल १,३०० मत

३२. एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल) १,१२६ मत

३३. जनप्रिय लोकतान्त्रिक पार्टी ९५० मत

३४. मितेरी पार्टी नेपाल ७६९ मत

३५. उन्‍नत लोकतन्त्र पार्टी ७२४ मत

३६. त्रिमुल नेपाल ६९० मत

Comments are closed

Related Post