काठमाडाैं । मन्त्रिपरिषद् बैठकले आठ वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको बैठकका निर्णयहरू प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरे ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । साथै, नेपाल–ओमानबीच हुने समझदारीपत्र र नेपाल–इजरायलबीचको श्रम सम्झौता स्वीकृत गरिएको छ ।
निर्णयहरू :
१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ ।
२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।
३. जेन–जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
४. नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
५. नेपाल सरकार र इजरायल सरकारबिच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।
६. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
७. वन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
८. नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ।














Comments are closed