ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकी (पराग) बलियो दाबेदारका रूपमा उदाएका छन्। लामो राजनीतिक अनुभव, स्वच्छ राजनितिक छवि र स्थानीय जनतासँगको निरन्तर सम्बन्धका कारण उनलाई यस क्षेत्रका मतदाताले भरोसायोग्य र काम गर्ने नेताका रूपमा लिएका छन्।
ताप्लेजुङ जिल्लामा जन्मिएर यहीँको सामाजिक र राजनीतिक परिवेशमा हुर्किएका बुढाथोकी शालीन, ईमानदार र जनमुखी व्यक्तित्वका रूपमा परिचित छन् । पार्टीभित्र “पराग” नामले चिनिने उनी विगतमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सक्रिय रहँदै आन्दोलन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपाको केन्द्रीय सदस्य हुन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट उम्मेदवार बन्नुभएका बुढाथोकीले २१,७३५ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा योगेश भट्टराई ले २१,९४३ मत ल्याई २०८ मतको झिनो अन्तरले विजयी भएका थिए । उक्त परिणामले बुढाथोकीको बलियो जनाधार र लोकप्रियता स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ। झिनो मतान्तरको हारलाई यसपटक जितमा बदल्ने दृढ संकल्पसहित उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् ।
२०८२ को निर्वाचनमा नेकपाको ‘तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरेका बुढाथोकीका मुख्य एजेन्डा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण तथा समावेशी विकास रहेका छन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय पूर्वाधार विकास आदिवासी जनजातिको हक अधिकार संरक्षण जस्ता मुध्दाहरुलाई प्राथमिकतामा राखेका छन् ।

ताप्लेजुङमा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरू चुनावी मैदानमा भएपनि बुढाथोकीको स्वच्छ छवि, विगतको अनुभव, झिनो हारबाट प्राप्त ऊर्जा र स्थानीयस्तरको सुदृढ संगठनका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको राजनीतिक वृत्तमा चर्चा छ। स्थानीय मतदाताहरूका अनुसार बुढाथोकी विकासप्रेमी, इमानदार र प्रतिवद्ध नेता हुन्, जसले व्यक्तिगत लाभभन्दा जनताको हितलाई प्राथमिकता दिन्छन्। लामो समयदेखि सामाजिक न्याय, समावेशी विकास र सीमान्तकृत समुदायको अधिकारका पक्षमा आवाज उठाउँदै आएका उनलाई यस क्षेत्रको साझा आवाजका रूपमा पनि हेरिएको छ।
ताप्लेजुङमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि खेलप्रसाद बुढाथोकीको सशक्त उपस्थिति, जनसमर्थन र स्पष्ट एजेन्डाका कारण उनी विजयी हुने उच्च सम्भावना रहेको आकलन गरिएको छ। उनको सम्भावित जितले ताप्लेजुङमा सुशासन, विकास र सामाजिक न्यायको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।














Comments are closed