काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहे पनि देशको धार्मिक पहिचानबारे निर्णय गर्ने अधिकार जनतामै रहेको बताएका छन्।
सुकेधारामा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको समापनमा देउवाले धार्मिक स्वतन्त्रताको पक्षमा आफू रहेको स्पष्ट पारे।
देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु। म पशुपति जान्छु र पूजाआजा गर्छु। तर देशमा (धर्मका विषयमा) के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ। देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
उनले नेपालका न्यायालयप्रति उच्च सम्मान रहेको भन्दै विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले आफू अदालतको निर्णय मान्ने बताए।














Comments are closed