Shopping cart

  • Home
  • राजनिती
  • म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन
देश

म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन

Email :95

म्याग्दी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ ।

 

पार्टीका प्रतिनिधि सभा उम्मेदवार तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीबार जारी विज्ञप्तिमा गर्बुजाले भनेका छन् कि आफ्नो दलको दर्शन, विचार र सिद्धान्तप्रति प्रतिबद्धता कायम राख्दै पुन स्वतन्त्र उम्मेदवार बनेकाले उनीसँग प्रतिस्पर्धा नगर्ने निर्णय गरेका हुन् ।

 

यसअघि पार्टीबाट उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दीपक पुनले पनि महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comments are closed

Related Post