काठमाडौं । चर्चित नेपाली फिल्म ‘ए मेरो हजुर ५’को छायाङ्कन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। फिल्मको निर्देशन झरना थापाले गर्दैछिन्।
फिल्मको छायाङ्कन सुरु गर्न शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा गरी शुभसाइत गरिएको हो। फिल्मको महत्वपूर्ण दृश्य बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा समेत छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ।
बडीमालिका जस्तो धार्मिक तथा ऐतिहासिक स्थलमा फिल्म छायाङ्कन गर्न पाउँदा निर्देशक झरना थापाले खुसी व्यक्त गरेकी छन्। यसअघि पनि उनका केही फिल्ममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक दृश्य समावेश गरिएको थियो।
‘ए मेरो हजुर’को पाँचौँ श्रृङ्खलामा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिने बताइएको छ। फिल्मका निर्माता सुनिल कुमार थापा हुन्। आगामी २०८४ वैशाखमा फिल्म प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको निर्माण व्यवस्थापन पक्षले जानकारी दिएको छ।














Comments are closed