Shopping cart

  • Home
  • समाज
  • मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन हुँदैन : गृहमन्त्री गुरुङ
देश

मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन हुँदैन : गृहमन्त्री गुरुङ

Email :8

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् ।  धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताए । छलफलका क्रममा उनले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पारे । गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवालाहरूलाई आग्रह समेत गरे ।

गृहमन्त्री गुरुङले भने , ‘हाम्रो देशमा धार्मिक द्वन्द अब देखिनु हुँदैन । हामी सबैजना मिलेर बस्नुपर्छ ।’

Comments are closed

Related Post