Shopping cart

  • Home
  • समाज
  • मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज छैन: प्रचण्ड
देश

मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज छैन: प्रचण्ड

Email :32

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको समग्र राजनीतिक परिस्थिति सहज नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए।

सुनसरी घटनामा सरकारले संवाद अघि नबढाएको भन्दै आलोचना गरे। उनले सरकारप्रति जनता झस्किएको बताए।
उनले भने, ‘अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्यमार्फत जस्तोसुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्छ।’
‘प्रधानमन्त्रीको कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने प्रधानमन्त्रीले सदनमा उभिएर स्पष्टीकरण दिनुपर्छ, यो लोकतान्त्रिक परम्परा हो, यसलाई भाँच्ने कोसिस र उल्टाउने कोसिस नगरियोस्।’

आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपैठ गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुनुपर्ने बताए। ढिलै भएपनि हिजो रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर सकारात्मक प्रयास थालेको बताए।

उनले थपे, ‘असहज परिस्थितिमा नेतृत्वदायी भूमिका संविधानतः, कानुनतः, व्यवहारतः पनि प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो। तर संवेदनशील बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो।’
‘तपाईं आएर संसदमा स्पष्टीकरण दिएर सानो हुने होइन, बरू कद माथि जान सक्छ। प्रतिपक्षसँग संवाद गरेर कद सानो हुने होइन बरू बढेरै जान्छ,’ उनले भने, ‘यसलाई बुढापाकाको कुरा राम्रा कुरा भनेर ठान्नुहुन्छ भने कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने उखान हजारौं वर्षको अनुभवले ल्याएको भन्ने ठान्नुस्।’

Comments are closed

Related Post