पाँचथर । कोशी प्रदेशसभामा पाँचथरबाट निर्वाचित दुई प्रभावशाली सांसदको स्पष्ट र सक्रिय समर्थनपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को चुनावी यात्रा नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढेको छ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका सांसद इन्द्रबहादुर आङ्बो र पूर्व भौतिक पूर्वाधार मन्त्री एवं बहालवाला सांसद कमलप्रसाद जबेगू दुबै जना अहिले मिक्सोको पक्षमा खुला रूपमा मैदानमा उत्रिएका छन्। जबेगु क्षेत्र ‘क’ र आङ्बो क्षेत्र ‘ख’ बाट निर्वाचित जनप्रतिनिधि हुन्। उनीहरूको बलियो संगठनात्मक पकड र जनाधारले मिक्सोको अभियानलाई जिल्लाभर सशक्त बनाएको छ।
सुदुरपुब पहाडी जिल्ला पाँचथरमा वातावरण चिसाे भएतापनि चुनावी सरगर्मी ताताे छ । एकमात्र संघिय निर्वाचन क्षेत्र रहेकाे पाँचथरमा मुख्य राजनीतिक दलहरू नै कडा प्रतिस्पर्धामा देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपाका उमेदवार हर्कबहादुर नेम्वाङसँग नेपाली कांग्रेसका नरेन्द्रकुमार नेम्वाङ, नेकपा एमालेबाट अइन्द्रसुन्दर नेम्वाङ मुख्य प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेस र एमालेमा आन्तरीक द्वन्द्व देखिएका बेला नेकपाका मिक्साेलाई मिक्सोलाई भने राहत पुग्ने देखिएकाे छ । पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुने छ। १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। विभिन्न दलबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका आधारमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को स्थिति बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
पार्टीको जिल्ला समन्वय समितिको विशेष बैठकले ३४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठित रूपमा अभियान अघि बढाएको सूचना तथा प्रचार समितिको संयोजक मनरथ चापागाई बताउँछन् ।
विकासको जगमा बनेको विश्वास
स्व. पदमसुन्दर लावतीपछि पाँचथरमा विकासवादी नेताका रूपमा चिनिएका आङ्बोले प्रदेश सरकारमा चार वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा जिल्लामा पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए। त्यही कार्यसम्पादनका कारण उनी जनताको मनमुटुमा बस्न सफल भएका छन्। अहिले सोही विश्वास र लोकप्रियताको जगमा उनी मिक्सोलाई विजयी गराउन कम्मर कसेर लागेका छन्।
उता, माथिल्लो क्षेत्र‘क’मा प्रभावशाली पकड बनाएका जबेगुको साथले पनि मिक्सोको पक्षमा थप उत्साह र आत्मविश्वास थपेको छ। मिक्सो स्वयं सोही क्षेत्रका स्थायी बासिन्दा, पार्टीको प्रदेश नेतृत्व सम्हालिसकेका अनुभवी तथा निष्ठावान नेता भएकाले उनको उम्मेदवारीलाई जनस्तरमा सकारात्मक रूपमा लिइएको छ।
तमोर करिडोरदेखि जनविश्वाससम्म
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा स्वकीय सचिवको रूपमा काम गर्दा तमोर करिडोरअन्तर्गत करिब ६ अर्ब रुपैयाँ बराबरका योजना पाँचथरमा भित्र्याउन भूमिका खेलेका कारण मिक्सो जिल्लामा विकाससँग जोडिएका नेताका रूपमा स्थापित छन्। यही पृष्ठभूमिले उनलाई “काम गर्ने उम्मेदवार” को छवि दिएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
नयाँ शक्ति उदाउँदा नेकपालाई लाभ
यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टी,उज्यालो नेपाल–राष्ट्रिय परिवर्तन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ लगायत नयाँ शक्तिहरू मैदानमा उत्रिएपछि परम्परागत दुई ठूला दलबीचको मत विभाजन हुने आकलन गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो अवस्थामा वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ रहेको नेकपाका उम्मेदवार मिक्सोलाई तुलनात्मक लाभ पुग्ने देखिएको छ।

जनलहर,संगठन र आत्मीयता
मिक्सोको व्यक्तिगत सरलता,नेम्वाङ समुदायको आत्मीय साथ, पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको जोश तथा आङ्बो–जबेगुको दर्बिलो समर्थनले पाँचथरमा उनको पक्षमा सकारात्मक माहोल सिर्जना भएको छ।
प्रदेश नेतृत्व, जिल्ला कमिटी,जनवर्गीय संगठन र युवा पंक्तिसमेत एकजुट भएर अभियानमा डटेका छन्। गाउँ–बस्ती हुँदै सन्देश फैलिँदै जाँदा मिक्सो पाँचथरे जनताको भरोसाको उम्मेदवारका रूपमा स्थापित हुँदै गएको नेकपा जिल्ला इन्चार्ज सीता थेबे बताउँछिन्।
मिक्सोतर्फ आकर्षण
पुराना दुई ठूला दलको गठबन्धन सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै निराश बनेका कार्यकर्ताहरू अहिले वैकल्पिक शक्ति खोज्ने मनस्थितिमा देखिएका छन्। जेन्जी आन्दोलनपछि उदाएका नयाँ दलहरूमा केही कार्यकर्ता प्रवेश गरे पनि ती दलहरूले नेकपालाई प्रतिस्पर्धीभन्दा सम्भावित सहकार्यकारी शक्तिका रूपमा हेरेको चर्चा छ।
यही समग्र राजनीतिक परिवेश, प्रभावशाली प्रदेश सांसदहरूको स्पष्ट साथ र जनस्तरमा बढ्दो स्वीकार्यताका कारण पाँचथरमा मिक्सोको चुनावी यात्रा झनै शक्तिशाली, संगठित र जनप्रिय बन्दै गएको राजनीतिक वृत्तमा आकलन गरिएको छ।
संघर्षबाट नेतृत्वमा आएको आवाज
हर्क बहादुर नेम्वाङ (मिक्सो) सत्ता सुविधाबाट होइन, पीडितको पक्षमा लड्दै यहाँसम्म आइपुगेको नेता हुन्। पाँचथरका कुना कन्दराका नागरिकदेखि न्याय नपाएकाहरूको आवाज बनेर उनले काम गरेर देखाएको छन् भने पाँचथरमा भौतिक पूर्वाधार विकासमा इन्द्र आङ्वो (मौषम) को सारथि भएर काम गरेका छन् । मौषम जसलाई विकास निर्माणको पिता भनेर चनिन्छ । उता भौतिक पूर्वाधार विकास मन्त्रिको जिम्मेवारी संहालेका कमल जवेगू जिल्लाका सालिन र पुराना बामपन्थि हस्ती नै हुन् ।
पाँचथरले धेरै भाषण सुनेको छ, तर भरोसा कम पाएको छ। हर्क बहादुर नेम्वाङ (मिक्सो) आश्वासन बाँड्ने होइन, समाधानमा उभिने नेता हुन्।
नयाँ पुस्ताको प्रतिनिधि, नयाँ सोच पुरानो शैलीको राजनीति भन्दा फरक, उनी पारदर्शिता, जवाफदेहिता र सुशासनमा विश्वास गर्छन् । युवाको सोच बुझ्ने, प्रविधि र समुनत पाँचथर निर्माणमा बुझ्ने नेतृत्व पाँचथरलाई चाहिएको छ।
निडर, स्वच्छ र जनउत्तरदायी न डराउने, न सम्झौता गर्ने
भ्रष्टाचार, बेथिति र अन्यायका विरुद्ध निडर रूपमा बोल्न सक्ने क्षमता हर्क बहादुर नेम्वाङ (मिक्सो) मा छ। पाँचथरको पहिचान जोगाउँदै भविष्य बनाउने नेता पाँचथरलाई मात्र होइन केवल पाँचथर,तेह्रथूम र ताप्लेजुङ यी तीन जिल्लालाई एक साथ विकासमा जोड्न पाँचथरलाई विकास निर्माणको सम्भावनाको केन्द्र हो। यसलाई सुरक्षित, व्यवस्थित र अवसरयुक्त पाँचथर बनाउन इमानदार नेतृत्व अनिवार्य छ।
यसैले पाँचथरलाई आज आवाज चाहिएको छ हर्क बहादुर नेम्वाङ (मिक्सो)। संघर्ष चाहिएको छ हर्क बहादुर नेम्वाङ (मिक्सो)। परिवर्तन चाहिएको छ हर्क बहादुर नेम्वाङ (मिक्सो)। अब भाषण होइन,काम गर्ने नेता चाहिएको छ उनि हुन् मिक्सो जनजनमा यस्ता आवाज सुन्न पाईन्छ । यस्ता आवाज सुन्न पाईन्छ ।














Comments are closed