Shopping cart

  • Home
  • राजनिती
  • माेरङ-४ मा वडा सदस्यसहित कांग्रेसका नेता- कार्यकर्ता नेकपामा प्रवेश
देश

माेरङ-४ मा वडा सदस्यसहित कांग्रेसका नेता- कार्यकर्ता नेकपामा प्रवेश

Email :52

विराटनगर । ग्रामथान गाउँपालिका ३ का निर्वाचित वडा सदस्यसहित नेपाली कांग्रेस सम्बद्ध एक दर्जनबढी कार्यकर्ताहरु आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित अनिरुद खाँको नेतृत्वमा कांग्रेसका क्रियाशील सदस्यहरु पार्टीमा प्रवेश गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रुपेस खतिवडाले जानकारी दिए ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत कटहरी गाउँपालिका ५ मा घरदैलो कार्यक्रम चलिरहेको बेला खाँसहितको टोलीलाई प्रवेश गराएको खतिवडाले जानकारी दिए । उनीहरुलाई प्रतिनिधि सभा सदस्य पदका नेकपाका  उम्मेदवार अमनलाल मोदीले स्वागत गरेका थिए ।

स्थानीय वडामा राम्रो प्रभाव राख्ने उनी कांग्रेस क्रियाशील सदस्य हुन् । तर विगत केही समयदेखि उनी असन्तुष्ट रहँदै आएका थिए भने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनाव लडेर जितेका थिए ।

नेकपाको प्रभाव क्षेत्रको रुपमा स्थापित भएको ग्रामथानमा कांग्रेस कार्यकर्ताहरुको पार्टी प्रवेशले उम्मेदवार मोदीलाई थप बलियो बनाएको बताइएको छ ।

Comments are closed

Related Post