Email :30
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपन्छीको स्वास्थ्य र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताएकी छन् । विश्व स्वास्थ्य दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै मेहताले त्यस्तो बताएकी हुन् ।
सम्पूर्ण प्राणी जगत् र पर्यावरणको रक्षा गर्नु नै एक स्वास्थ्यको वास्तविक मर्म भएको उनको भनाइ छ । “जबसम्म प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ रहँदैनन्, तबसम्म हामी पनि पूर्ण रूपमा स्वस्थ रहन सक्दैनौँ,” उनले भनिन् ।
हाल देखापरेका नयाँ–नयाँ रोगहरू र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ मार्फत काम गरिरहेको उनले बताइन् । यस रणनीतिअन्तर्गत स्वास्थ्य, पशु र वातावरण क्षेत्रबीचको सहकार्यलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लगिएको उनको भनाइ छ ।














Comments are closed