Shopping cart

  • Home
  • समाज
  • माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’- प्रधानमन्त्री बालेन शाह
देश

माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’- प्रधानमन्त्री बालेन शाह

Email :4

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको शुभकामना दिर्दै फेसबुकमार्फत ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेका छन्।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै भनेका छन्-  माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।

उनले लेखेका छन्- ‘हे जननी १ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’ नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री बालेनले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।

‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

Comments are closed

Related Post