काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा भइरहेका गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिएको छ । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार अधिवेशन–महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको यथार्थलाई बेवास्ता गरी सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
















Comments are closed