Shopping cart

  • Home
  • समाज
  • मनोनयन दर्ता गर्न १३ प्रकारका कागजात अनिवार्य (सूचीसहित)
देश

मनोनयन दर्ता गर्न १३ प्रकारका कागजात अनिवार्य (सूचीसहित)

Email :55

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचनका लागि उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात अनिवार्य पेस गर्नुपर्ने भएको छ ।

आयोगले माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेकाले मनोनयन दर्ता गर्दा १३ प्रकारका कागजात पेश गर्नुपर्ने जनाएको हो ।

 

आयोगले उम्मेदवारले मनोनयन दर्ता गर्दा-

मतदाता नामावली ऐन २०७३

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४

निर्वाचन नियमावली २०७४

निर्वाचन निर्देशिका २०८२

तथा निर्वाचन आचारसंहिता २०८२

नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा बमोजिम कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको छ ।

 

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिन चाहने व्यक्तिले उक्त पदबाट राजीनामा दिएको प्रमाण समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

 

दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी गरिएको औपचारिक मनोनयन पत्र अनिवार्य गरिएको छ ।

 

उम्मेदवारले स्वघोषणा पत्र, चल-अचल सम्पत्तिको विस्तृत विवरण, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, ऋणसम्बन्धी विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

 

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।

तर महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ ।

आर्थिक रूपमा विपन्न भएको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनेछ ।

 

यसका साथै उम्मेदवारले आफूले लिएको कुनै पनि पेस्की फर्छ्यौट गरेको निस्सा, लेखा परीक्षणबाट कायम भएको बेरुजु फर्छ्यौट गरेको प्रमाण र निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्र समेत बुझाउनुपर्नेछ ।

 

तोकिएका सबै कागजात पूरा नगरेमा उम्मेदवारको मनोनयन अमान्य हुन सक्ने भएकाले समयमै तयारी गर्न सबै सरोकारवालालाई आयोगले आग्रह गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Comments are closed

Related Post