Shopping cart

  • Home
  • राजनिती
  • मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा
देश

मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा

Email :72

काठमाडौँ । नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले आज चुनावी सभा गर्न लागेको हो। चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्।

 

त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए । सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए।

Comments are closed

Related Post