Shopping cart

  • Home
  • समाज
  • भोट मागें है मैले नि (असारे भाकामा)
देश

भोट मागें है मैले नि (असारे भाकामा)

Email :36

डा. बालचन्द्र मिश्र

देश जलेको दशा, गोली ठोक्ने नशा, देख्याथेन कैले नि
हुनसम्म भयो, आलो घाउ नै रह्यो, दृश्य झलझल जैले नि…..
ती दुबैले हारुन्, जस्ले देश सपारुन, तिनलाई भोट हो मैले नि
भो भो भ्रम नछरौं, विवेक प्रयोग गरौं, भोट मागें है मैले नि…… !
१,
भर्खर बिहे हुँदा, जवानीले छुँदा, एक अर्कालाई चिमोट्थ्यौ
हो कि होइन तर, ढाँट्नैपर्ने छ र ? एकअर्कालाई चिमोट्थ्यौ…..
आँखाँ छारो हाल्ने, विस्तारबादी पाल्ने, सबका घाँटी निमोठ्देऊ
दक्षिण उत्तर पश्चिम, साम्राज्यबाद हिमचिम, सबका घाँटी निमोठ्देऊ…… !
२,
गुगल नक्सा खोजी, कार्यालय घर रोजी, आगजनीवाल निमोठ्देऊ
तिब्बत स्वतन्त्र रे, जेन्जी मिसयुज गरे, तिनलाइ पनि निमोठ्देऊ…..
पराइ स्वार्थ ढुक्ने, पर्दाभित्र लुक्ने, छानी चिनी निमोठ्देऊ
चुनाब उचित मौका, हान्देऊ ड्याम्मै चौका, मतपत्रले निमोठ्देऊ…… !
३,
आफ्‌लाई चंख ठान्ने, घिच्न मात्रै जान्ने, गुटमा रम्ने नाइके थ्यो
न सुराकी पायो, न जनता पत्यायो, ड्यामड्याम गोली चलाइद्यो…..
उपाय अनेक थिए, झिंगटी चस्मा दिए, ड्यामड्याम गोली चलाइद्यो
स्कुले कलेज रहर, हेर्दाहेर्दै शहर, रक्तमुछेल बनाइद्यो …… !
४,
गोली चलाउनेलाई, देशै जलाउनेलाई, यही चुनाबले पछार्देऊ
भ्रमका उखान ठूला, खुट्टा थरथर लुला, देशभक्त हो पछार्देऊ….
प्रशासन र न्याय, खरानी पार्दे भ्याए, तिनलाई भोटले लघार्देऊ
विपक्षी दल निर्दोष, उद्यम ब्यापार निर्दोष, ती जलाउने लघार्देऊ…… !
५,
राजनीति भो जटील, कुटनीति झन कुटिल, भोली के के होला खै
पसिनाले धान, फलाऊँ स्वाभिमान, सुदिन कहिले फिर्ला खै…
यो विचारलाई मान्ने, राष्ट्रभक्ति जान्ने, मतदाताले ठोकौं सही
जनपक्षलाई भोट, प्रगतिशील अठोट, यसमै मेरो धस्क्यो सही …… !
६,
गर्मी महिना लाग्यो, आँत हरहर जाग्यो, जमाऊ दुध खाइदिऊँ दही
चपाऊ झुरुमझुरुम, दाँतले कुरुमकुरुम, ताइचिन चिउरा, बाक्लो दही….
आगजनी र लुट्ने, फरक मतलाई भुट्ने,लाई त भोट नदिऊँ है
गोली चलाउनेलाई, देशै जलाउनेलाई, भोट कसैले नदिऊँ है …… !

Comments are closed

Related Post