Shopping cart

  • Home
  • स्वास्थ्य
  • भोटेकोसी बाढीपीडितका लागि राहत लिएर नेपाल आईपुगे चिनियाँ विमान
अन्तर्राष्ट्रिय

भोटेकोसी बाढीपीडितका लागि राहत लिएर नेपाल आईपुगे चिनियाँ विमान

Email :50

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री लिएर आइतबार बिहान चीनबाट दुईवटा सैन्य कार्गो विमान काठमाडौं अवतरण गरेका छन् ।

चीनबाट आएको सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको हातबाट नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन् ।

चीनले बाढीपीडितका लागि त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत १३ हजार २ सय थान राहत सामग्री छन् । तौल ५० टनजति रहेको बताइएको छ । उद्धारका लागि भने शनिवारै चिनियाँ विज्ञ टोली नुवाकोट क्षेत्रमा खटिसकेको छ।

Comments are closed

Related Post