Email :72
काठमाडौ । होली नजिकै गर्दा एक अर्कोमा आपसी प्रेम र सदभाव कायम गरि खुसी छर्ने क्रममा होलिको पूर्व सन्ध्यामा मिलन चौतारी मोडर्न कन्या कलेज बानेश्वरले फागुपूर्णैमा मनाएको छ।
सुखशान्ती र विजयका प्रतीक सप्त रङ्गी रङ्ग दलेर आपसी सद्द्भाव साटेका छन् ।सो क्रममा शिक्षाबिद तथा साहित्यकार डा. रामप्रसाद दाहाल ले हाम्रो सस्कृतिक मूल्य र मान्यताको चर्चा गर्दै होलिको महत्त्वमाथी प्रकाश पारेका थिए ।
गुरु प्रा. मुकुन्दराजले अविर टीका सगुन स्वरुप लगाइदिएर आरभ गरिएको कार्यक्रममा सन्चारकर्मी वेन्जु सरोज , कल्पना शर्मा र रमा न्योपानेले पनि होलिकाको प्रसङ्ग लाई जोडदै फागु पूर्णिमाको महत्व माथि प्रकास पारेका थिए ।
सामाजिक अभियन्ता अप्सरा थापा, समाजसेवी राधा खड्का अभिभावक शुनिता केसीले पनि फागुन महिना महिलाको अवस्था र होलिको महत्वमाथी प्रकाश पारेका थिए ।
छात्राहरू गङ्गा केसी प्रकृति दाहाल र कल्पना कटुवाल ले ह्यापी होली भन्दै बिगत १९ बर्ष देखि जस्तोसुकै अवस्था पनि मोडर्न कन्या कयाम्पस मिलन चोतारीले यो रङ्गिन होलि पर्वको आयोजना गर्दै आएको चर्चा गरे।कार्यक्रमको अन्त्यमा हाम्रो निमन्त्रणा स्वीकार गरि उपस्थित सबैलाई मिलन चौतारीको तर्फबाट छात्रा गङ्गा केसीले धन्यवाद दिएकी थिन ।














Comments are closed