Shopping cart

  • Home
  • समाज
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई शुभकामना
अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई शुभकामना

Email :94

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारको प्रधानमन्त्री भएकोमा सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन् ।

एक्समा भारतका प्रधानमन्त्रीले , “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।” भनेका छन् ।

Comments are closed

Related Post