काठमाडौँ। सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवा बाढीले पुर्याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय समेत सरकारले गरेको छ।
रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसायीक पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसुल छुट लगायत अन्य सहुलियत सुविधा प्रदान गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन परिणामको चिनी एक प्रतिशत भन्सार महसुल लिएर आयात गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ।
बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार मृत्यु भएमा प्रतिपरिवार १० लाख रकम दिने निर्णय गरेको छ।














Comments are closed